२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

६ घण्टाभित्र अवरुद्ध सडक खुल्छः सचिव शर्मा

Nada
२०८२ असोज ४ गते १४:४८
Shares
६ घण्टाभित्र अवरुद्ध सडक खुल्छः सचिव शर्मा

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।

ncell

शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उनले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिएका हुन् । हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको बताए । 

उनले पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताए । उनले उक्त स्थानमा बिहान सुख्खा पहिरो समेत खसेको बताए । पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उनको भनाइ छ । उनले सो स्थानमा पहिरो सफा गर्न सडक विगागको टोली पुगिसकेको जानकारी दिए । सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उनको दाबी छ । उनले सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि जानकारी दिए।

बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए । बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर