२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पाकिस्तानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

Nada
२०८२ असोज ४ गते १०:५४
Shares
पाकिस्तानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौंः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीवार भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

ncell

पाकिस्तान–अफगानिस्तान सीमा नजिकै रहेको चमन जिल्लाको ट्याक्सी स्ट्यान्डमा विस्फोट भएको थियो ।  उद्धार ११२२ का अनुसार पीडितहरूलाई जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ । 

घाइतेहरूको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भइरहेको र सुरक्षा बलले घटना क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । एजेन्सी  

ताजा खबर

सम्बन्धित खबर