२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

तोसिमा कार्कीले राखिन् पार्टी रिफर्मेसनको प्रस्ताव

Nada
२०८२ असोज ३ गते १४:०८
Shares
तोसिमा कार्कीले राखिन् पार्टी रिफर्मेसनको प्रस्ताव

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी रिफर्मेसनको प्रस्ताव राखेकी छन् । पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै रिफर्मेसन प्रस्ताव राखेकी हुन् ।

ncell

प्रस्तावमा भनिएको छ, ‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठुलो आशा र भरोसापूर्वक हेरिरहेका छन् । तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसाथ गर्नैपर्छ ।’

अझै यो वर्तमान संवेदनशील परिस्थितिमा पार्टीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्यान्डेट सहित अघि बढ्न मुख्य शक्तिको रूपमा पार्टीलाई विकास गर्नुपर्ने उल्लेख छ । उनले यथाशीघ्र केही महत्त्वपूर्ण निर्णय गर्न भन्दै ४ प्रस्ताव अघि सारेकी छन् ।

ताजा खबर

सम्बन्धित खबर