२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ : मन्त्री घिसिङ

Nada
२०८२ असोज ३ गते १३:४७
Shares
मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

ncell

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । मन्त्री घिसिङले मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग गरेको पनि बताए ।

सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रिपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाइ थियो । मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम सुरु गरिसकेको पनि बताए । 

सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाइ नहुने बताए । त्यस अवसरमा उनले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गरे ।

ताजा खबर

सम्बन्धित खबर