२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

Nada
२०८२ असोज २ गते ११:२७
Shares
आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

काठमाडौंः काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् ।

ncell

महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन् । बिहीवार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताए ।\

राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पारे। नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ छ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उनको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताए ।

उनले भने, ‘हामीलाई दमकल किन निस्केन भनेर प्रश्न आइरहेको थियो । तर आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन सकेन र साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको छ । अगाडि बढ्न नसकेको अवस्थामा हामी कुरिरहेका थियौँ । सवा ८ बजेदेखि पौने १० सम्म हामीले सिंहदरबारमा दुई वटा दमकल लगेर निभाएका थियौँ । सुरक्षाका लागि नेपाली सेना खटिएपछि समन्वय गरेर आवश्यक ठाउँमा खटिएका थियौँ । रातभर खटियौँ । पटक पटक आगो निभाएपछि पनि आगो ननिभेर पुनः लागेकाले दशौँ पटक हामी गएका छौँ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेका थियौँ । हामी कुनै हालतमा पनि दमकल जानसक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ । महानगरले दमकल पठाएन भन्नेकुरा गलत हो । हामीले सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरेका हौँ ।’

महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गरे । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको उनले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर