२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जेनजी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम

Nada
२०८२ असोज १ गते १२:५३
Shares
जेनजी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ncell

२३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका घाइतेहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताए ।

उनका अनुसार बुधबार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । उनले उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रह समेत गरे । 

जेनजी आन्दोलनका मृत्यु हुनेको संख्या ७३ पुगेको छ । सयौं युवाहरु उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

ताजा खबर

सम्बन्धित खबर