२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

ढुंगा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

Nada
२०८२ असोज १ गते ०७:३८
Shares
ढुंगा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा बसमा ढुंगा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुंगा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय  ऐश्वर्या कामी गम्भीर घाइते भएका थिए । घाइते कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका-२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।

ताजा खबर

सम्बन्धित खबर