२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

shivam cement
मध्यान्ह
२०८२ असोज १ गते ०७:३०
आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आँशीक बदली रहने छ । मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise