२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बालेनको हर्कसँग ठट्यौली– जति गाली गरे पनि तिमीलाई माया गर्न छाड्दिनँ

Nada
२०८२ भदौ ३१ गते १४:४८
Shares
बालेनको हर्कसँग ठट्यौली– जति गाली गरे पनि तिमीलाई माया गर्न छाड्दिनँ

काठमाडौंका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङले उठाएका विभिन्न सवालप्रति कटाक्ष गर्दै जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका छन् । जेनजी आन्दोलनपछि बाहिर नदेखिएकोप्रति हर्कले सामाजिक सञ्जालमा बालेनलक्षित स्टाटस लेखिरहेका छन् । 

ncell

तिनै टिप्पणीको जवाफ फर्काउँदै मेयर बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने भनेका हुन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।  You are my true love. ❤️

 जेनजी विद्रोहपछि प्रधानमन्त्री र मन्त्री बन्न धरानबाट काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले आफूलाई काठमाडौंका मेयर बालेन शाह र उनको समूहले रोकेको संकेत गर्दै विभिन्न टिकाटिप्पणी गर्दैआएका थिए । 

ताजा खबर

सम्बन्धित खबर