२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

Nada
२०८२ भदौ ३१ गते १३:५२
Shares
महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

महोत्तरीः ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटबाट सेवा सञ्चालन थालिएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित, दुई इलाका प्रहरी कार्यालय, १५ प्रहरी चौकी तथा अस्थायी पोष्ट गरी जम्मा ३८ प्रहरी युनिटबाट सेवा प्रवाह भएको छ । 

‘सबै प्रहरी युनिटबाट पुनः जनताको कामकाज पूर्ववत् रुपमा सञ्चालन भएको छ’, उनले भने । सदरमुकाम जलेश्वरसहित १० नगरपालिका र ५ गाउँपालिकामा प्रहरीको ३८ युनिटमा सात सयभन्दा बढी प्रहरी जनशक्ति कार्यरत रहेका छन् ।  

ताजा खबर

सम्बन्धित खबर