२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दुई वटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

Nada
२०८२ भदौ ३१ गते ०७:५०
Shares
दुई वटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की : यही भदौ जेन जेड प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुई वटा कोठाबाट सेवा सुरु गरेको छ ।

ncell

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिइन्। उनले भनिन्, “हाल दुई वटा कार्यकक्षबाट सेवा सुरु गरेका छौँ । अन्य कक्ष मर्मत सम्भार हुँदै छन्, सञ्चालन हुने सेवाका बारेमा सेवाग्राहीलाई पूर्व जानकारी दिँदै जानेछौँ ।”

प्रजिअ शर्माले अहिलेको विषम् परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चुनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सुरु गरिने जानकारी दिइन् । उनका अनुसार भदौ २४ गते जेन जेड प्रदर्शनका कारणमा प्रशासनको भवनमा आगजनी गरिँदा मुख्य भवनसहित सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरामा जेन जेड प्रदर्शनमा आगजनी गरिएका मालपोत, नापी कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीका मुख्य चाप हुने कार्यालयबाट सेवा सुरु हुन सकेका छैनन् । ती कार्यालयमा कर्मचारीले दैनिक सरसफाइ गरिरहेका छन् । यसैगरी, पोखरा महानगरपालिकाको सेवासमेत सुरु हुन सकेको छैन ।

ताजा खबर

सम्बन्धित खबर