२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अर्घाखाँचीका किसानद्वारा सिंहदरबार पुनर्निर्माण गर्न एक लाख सहयोग

Nada
सूर्यप्रसाद भुसाल
२०८२ भदौ ३० गते २०:३७
Shares
अर्घाखाँचीका किसानद्वारा सिंहदरबार पुनर्निर्माण गर्न एक लाख सहयोग

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका छन् । कृषि पेसाबाट कमाएको आम्दानी नै उक्त कोषमा अर्पण गर्दै अधिकारीले आफ्नो भावनासहित भने,‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो, अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ । सबैले सकेको सहयोग गर्नुपर्छ ।’

ncell

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले अधिकारीको सहयोगलाई प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उनले कृषि आम्दानीबाट आएको रकम पुनर्निर्माणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सरकारी संरचनामा क्षति पुगेपछि पुनर्निर्माणका लागि आम नागरिकबाट भइरहेको सहयोग अभियानमा अधिकारीको योगदान प्रेरणादायी मानिएको छ ।

ताजा खबर

सम्बन्धित खबर