२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

डोल्पामा सुपथ मूल्य पसल सञ्चालन

Nada
पूर्ण सार्की
२०८२ भदौ ३० गते २०:१८
Shares
डोल्पामा सुपथ मूल्य पसल सञ्चालन

डोल्पा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

ncell

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दुनै र शाखा अन्तर्गत सञ्चालित डिपो कार्यालय जुफालबाट उपभोक्ता तथा नागरिकलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरिएको शाखा कार्यालय डोल्पाका प्रमुख विष्णु प्रसाद घिमिरेले जानकारी दिए । 

शाखा कार्यालय डोल्पाका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम भेगका नागरिकका सहजका लागि भदौ ३० गते सोमबार देखि दसैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न ठाउँमा रहेका डिपो मार्फत सहुलियत दरमा चामल, बिक्री गर्न सुरु गरिएको हो ।

कम्पनीले अहिले सोना मन्सुली र अरुवा मोटा चामल प्रतिकिलो पाँच रुपैयाँ छुटमा सहुलियत दरमा पाउने गरी वितरण गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।

कम्पनीले अहिले सोना मन्सुली चामल केजीको ६० रुपैयाँ र मोटा चामल केजीको ५८ रुपैयाँको दरले बिक्री भइरहेको छ । साथै कम्पनीमा अहिले २२ सय क्विन्टल चामल रहेको र त्यो सबै सकिने बेलासम्म सहुलियत दरमा बिक्री गर्ने जानकारी दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर