२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कर्णाली प्रदेश सभा सचिवालयमा लुटपाट : संलग्नको खोजी सुरु

Nada
पूर्ण सार्की
२०८२ भदौ ३० गते १६:०१
Shares
कर्णाली प्रदेश सभा सचिवालयमा लुटपाट : संलग्नको खोजी सुरु

सुर्खेत : कर्णाली प्रदेश सभा सचिवालयले सार्वजनिक सम्पत्ति चोरी तथा लुटपाटमा संलग्नहरुको खोजीकार्य सुरु गरेको छ । 

ncell

 गत भदौ २४ गते सोमबार भएको जेनजी समूहको आन्दोलनको क्रममा सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्थानीय समूहहरुले कर्णाली प्रदेश सभा र सचिवालयबाट सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गरेको कुराको जानकारी प्राप्त भएकाले सचिवालयले सम्बन्धित व्यक्तिहरूको पहिचान र खोजी कार्य सुरु गरेको जनाएको छ ।

प्रदेश सभा सचिवालयले सूचना निकाल्दै सभा र सभासचिवालयबाट आन्दोलनको फाइदा उठाई सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, लुटपाट गर्ने तथा चोरीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

उक्त दिनको आन्दोलनको क्रममा सभा तथा सचिवालयमा भएको तोडफोड, आगजनी, लुटपाट वा चोरीको समयमा फोटो वा भिडियो खिचेको वा त्यस्ता सामग्रीहरु सम्बन्धित व्यक्तिहरूबाट फेला परेका वा पहुँच भएको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा कर्णाली प्रदेश सभा सचिवालयलाई ईमेलमार्फत् ([email protected]) उपलब्ध गराउन समेत प्रदेशसभा सचिवालयले अनुरोध गरेको छ । 

सचिवालयले सूचनामार्फत अनुसन्धानको फोटो, भिडियोलगायतका सामग्री पठाई सहयोग गर्ने व्यक्तिहरूको परिचय भने पूर्ण रूपमा गोप्य राखिने बताएको छ । सचिवालयले प्रदेश सभाभित्रबाट लगेका सामग्री नजिकको प्रहरी कार्यालय वा प्रदेश सभामा सम्पर्क गरी बुझाउन अनुरोध पनि गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर