२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

Nada
२०८२ भदौ ३० गते १३:५६
Shares
७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

काभ्रेः बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोलीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर