२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

तीन प्रहरी कार्यालयलाई सहयोग गर्न एकता समितिको पहल

shivam cement
२०८२ भदौ ३० गते ०६:२०
तीन प्रहरी कार्यालयलाई सहयोग गर्न एकता समितिको पहल

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुशीले जेनजी प्रदर्शनका क्रममा आगजनी भई क्षतिग्रस्त तीन वटा प्रहरी कार्यालयलाई शान्ति सुरक्षाका लागि सहयोग जुटाउने पहल सुरु गरेको छ ।

आइतबार स्काई पार्टी प्यालेसमा समितिमा आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूको भेलामा महाराजगन्ज, बसुन्धरा र बसपार्कमा रहेका प्रहरी चौकीलाई सहयोग गर्ने सहमति भएको हो ।

समितिले न्यूनतम ३० हजार रुपैयाँ तोकेर सहयोग जुटाउन आग्रह गरेको छ । समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले प्रहरी सामान्य सुविधाबाट बञ्चित भएको अवस्थामा अवाञ्छित तत्वबाट व्यवसायी सुरक्षित हुन नसक्ने भन्दै खुला हृदयले सहयोग गर्न आग्रह गरे । केही व्यक्ति वा समूहले पीडितको नाममा बलजफ्ती गर्ने प्रवृत्तिबाट सुरक्षा प्रदान गर्न स्थानीय प्रहरीको प्रभावकारी उपस्थिति हुनु जरुरी रहेको बताए ।

समितिका उपाध्यक्ष तारानाथ अर्यालले आइतबार सहयोगका लागि व्यवसायीबाट केही रकम जुटेको र सोमबार बिहान पनि बैठक राखेर रकम संकलन गरी प्रहरी कार्यालयलाई हस्तान्तरण गरिने बताए । 

छलफलमा समितिका उपाध्यक्ष हरिश कुँवर, सल्लाहकार पदमराज पौडेल, नरेन्द्रप्रसाद ढकाललगायत सो क्षेत्रमा कार्यालय रहेका वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

छलफलमा जेन्जी पुस्ताले समाजका प्रत्येक क्षेत्रमा न्याय र रूपान्तरणको माग गरेकाले व्यवसायीहरूले पनि तत्काल आफ्ना कमीकमजोरी सुधार गरेर व्यवसाय सञ्चालन गर्न एकआपसलाई सुझाव दिएका थिए । 

सो क्रममा अध्यक्ष पाण्डेले बिना डिमाण्ड युरोपेली मुलुकको नाममा लामो समय राहदानी राख्ने, कोरियाको ई–७ भिसाका नाममा सर्वसाधारणबाट रकम उठाउने जस्ता कमजोरी देखिएको भन्दै तत्कालै त्यस्ता प्रवृत्ति नत्यागे सहयोग र सुरक्षा प्रदान गर्न नसकिने चेतावनी दिए ।

ADV

सम्बन्धित खबर

Advertise