२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात देशभर सञ्चालन गरिने

Nada
२०८२ भदौ २९ गते १३:३८
Shares
जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात देशभर सञ्चालन गरिने

काठमाडौं : यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ । 

ncell

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई  देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । दसैं, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । 

उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ । यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैं परेको छ । 

सम्बन्धित खबर