२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आजदेखि पर्सामा सरकारी कार्यालय र विद्यालय खुल्दै

Nada
२०८२ भदौ २९ गते १२:०९
Shares
आजदेखि पर्सामा सरकारी कार्यालय र विद्यालय खुल्दै

पर्सा : जेन जेड समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ । गत भदौ २३ र २४ गतेको विषम परिस्थितिले यहाँको सरकारी कार्यालयको सेवा प्रवाह र विद्यालयको पठनपाठन कार्य ठप्पजस्तै रहेको थियो । 

ncell

तर, यहाँको अवस्था क्रमशः सुधारोन्मुख देखिँदै गइरहेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आजदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित रूपमा सेवा प्रवाह गर्नका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । “हालैको आन्दोलनका कारण सेवा प्रभावित भएका कार्यालयले आइतबारदेखि नियमित रूपमा सेवा प्रवाह गर्नका लागि अनुरोध गरिन्छ”, उनले भने, “आन्दोलनको क्रममा क्षतिग्रस्त भएका कार्यालयको हकमा ‘सर्भिस डेलिभरी प्लान’ बनाई यथाशक्य चाँडो सेवा प्रवाह हुने व्यवस्था गर्न अनुरोध गर्दछु ।” 

त्यसै गरी, वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले पनि आजदेखि विद्यालय खोलेर आवश्यक सरसफाइका काम अघि बढाउन अनुरोध गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज विद्यालय खोलेर विद्यालयको कक्षाकोठा तथा शौचालय सरसफाइ गर्न अनुरोध गरेका छन् । “विद्यालयको खानेपानीको ट्यांकीलगायतमा अनिवार्य रूपमा क्लोरिन राख्न पनि अनुरोध गर्दछौँ”, उनले भने, “विद्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर पठनपाठन कार्य अघि बढाउन पनि अनुरोध गरिन्छ ।”

जिल्ला प्रशासन कार्यालयले पनि शनिवारदेखि निषेधाज्ञाको समय बढाएर रातको समयमा मात्र कफ्र्यू कायम राखेको छ । यहाँको बजार क्षेत्रमा पनि सर्वसाधारणको चहलपहल पनि बिस्तारै बढ्दै गइरहेको छ ।

सम्बन्धित खबर