२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

चीनले दियो प्रधानमन्त्री कार्कीलाई बधाई

shivam cement
मध्यान्ह
२०८२ भदौ २९ गते १०:४४
चीनले दियो प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौँ :चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले वेबसाइटमा सार्वजनिक गरी अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।

चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन चीन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले सधैँ नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, बधाई सन्देशमा उल्लेख छ  ।

ADV

सम्बन्धित खबर

Advertise