२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी

Nada
२०८२ भदौ २८ गते १७:०१
Shares
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी

काठमाडौँ : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

ncell

जेन जेड आन्दोलनमा गोली लागेर युवाहरूको मृत्यु भएको भन्दै पूर्व सांसद तथा कांग्रेस नेता अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएका हुन् । उनले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन् ।

जाहेरीमा घटनामा मृत्यु भएकाहरूको विवरणसमेत उल्लेख गरिएको छ, जसमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्कालाई प्रमाणका रूपमा प्रस्तुत गर्नसमेत अनुरोध गरिएको छ ।
 

सम्बन्धित खबर