२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पक्राउ परे कैलाली कारागारबाट भागेका २५ कैदी बन्दी

Nada
२०८२ भदौ २७ गते १३:१७
Shares
पक्राउ परे कैलाली कारागारबाट भागेका २५ कैदी बन्दी

काठमाडौँ : जेन जेड आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबारसम्म पक्राउ परेका उनीहरूलाई कारागार पठाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये तीन जना कैदीबन्दी भने आफैँ प्रहरीको सम्पर्कमा आएका थिए । यसैबीच, जिल्ला कारागार कैलालीले कैदी बन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

कारागार प्रशासक चिरञ्जीवी सापकोटाले सूचना जारी गर्दै कारागारको बन्दी गृहबाट भागेका कैदीबन्दीलाई अविलम्ब सम्पर्कमा आउन भनेका छन् ।

‘कारागार व्यवस्थापन विभागको मिति २०८२/०५/२६ गतेको सूचना अनुसार यस कारागार कार्यालय, कैलालीबाट मिति २०८२।०५। २४ गते बन्दी गृहबाट बाहिर निस्किएका कैदी बन्दीहरू अविलम्ब कारागार कार्यालय, कैलाली वा नजिकैको प्रहरी कार्यालयको सम्पर्कमा आउन हुन यो सूचना जारी गरिएको छ। अन्यथा कारागार ऐन अनुसार भइजाने ब्यहोरा समेत सबैमा जानकारी गराइन्छ,’ सूचनामा छ ।
 

सम्बन्धित खबर