२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

उदयपुरका नगरपालिका तथा मातहतका वडामा आकस्मिक बाहेकका सेवा स्थगित

Nada
२०८२ भदौ २६ गते २१:१५
Shares
उदयपुरका नगरपालिका तथा मातहतका वडामा आकस्मिक बाहेकका सेवा स्थगित

उदयपुर : जेनेरेसन जेड (जेन्जी) समूहको नाममा भइरहेको आन्दोलनका कारण उदयपुरका सबै नगरपालिका र मातहतका वडा कार्यालयहरूले आकस्मिक बाहेकका सेवा स्थगन गरेका छन्।

ncell

शान्ति–सुरक्षामा जोखिम बढ्दै गएको र तोडफोड, आगजनी तथा चोरीजस्ता घटना भएका कारण भदौ २५ गतेदेखि त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा तिनका वडा कार्यालयहरूले आकस्मिक स्वास्थ्य सेवाबाहेकका कामकाज अर्को सूचना नआएसम्म रोक्ने निर्णय गरेका हुन्।

त्रियुगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत राजकुमार खड्काका अनुसार आन्दोलनका क्रममा नगर कार्यालयमा आगलागी र तोडफोड हुँदा कम्प्युटर, प्रिन्टर, फर्निचर, कागजातलगायत सामग्री नष्ट भएका छन्। यस्तो अवस्थामा आकस्मिक सेवा बाहेक अन्य सेवा सञ्चालन असम्भव भएको उनले बताए।

त्यस्तै, बेलका नगरपालिकाका प्रेस संयोजक ध्रुव बुढाथोकीले समेत हालको संवेदनशील परिस्थिति र शान्ति–सुरक्षालाई ध्यानमा राख्दै नगर र वडा कार्यालयहरूमा आकस्मिक सेवामात्र उपलब्ध हुने जानकारी दिए।

सम्बन्धित खबर