२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

जेनजी आन्दोलन : खण्डहर बने मधेशका कार्यालय, बजार अझै सुनसान

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ २६ गते १४:४७
जेनजी आन्दोलन : खण्डहर बने मधेशका कार्यालय, बजार अझै सुनसान

रौतहट : जेनजी आन्दोलनको क्रममा भएका आगजनी तथा तोडफोड पछी मधेश प्रदेशका सरकारी कार्यालयहरू खण्डहरमा परिणत भएको छ l आन्दोलनको क्रममा भएको आगजनीपछी जनकपुरमा रहेका मधेश प्रदेश सभा तथा जनकपुर चुरोट कारखानाभित्र रहेका विभिन्न मन्त्रालय तथा विभागहरू खण्डहरमा परिणत भएको हो  l

सो सँगै जिल्लाहरूमा रहेका कार्यालयहरू समेत खण्डहर भएको छ । गत सोमवारदेखि सुरु भएको आन्दोलनको पहिलो दिन सामान्य प्रदर्शनहरू  भए पनि दोस्रो दिनको उग्र र हिंस्रक प्रदर्शन र आगजनीले सार्वजनिक तथा नेताहरूको निजी घर खण्डहरमा परिणत भएको हो l

जनकपुरमा रहेको मुख्यमन्त्रि कार्यालय लगायातका मन्त्रालयहरु, जसहित राजविराज देखि पर्सा सम्म रहेका अधिकांस संघिय तथा प्रादेशिक कार्यालयहरु खण्डहर बनेको छ।  खासगरि सदरमुकाम र महेन्द्रराजमार्गमा रहेका कार्यालयहरू आन्दोलनकारीको निसानामा परेको हो l

रौतहटको चन्द्रनिगाहपुरमा रहेका प्राय सबै कार्यालयहरु खण्डहर र कुरूप देखिएको छ l चन्द्रपुरमा रहेको चन्द्रपुर नगरपालिका कार्यालय, डिभिजन बन कार्यालय,ईलाका प्रहरी कार्यालय,ईलाका प्रशासन कार्यालय चन्द्रपुर, ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर लगायतका कार्यालयहरू आगजनीले कुरूप देखिएको छ । आन्दोलनकारीहरूले सोहि दिन कयौं निजी तथा व्यवसायिक घरहरूमा आगो लगाईदिएका थिए l

ADV

सम्बन्धित खबर

Advertise