२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह

shivam cement
मध्यान्ह
२०८२ भदौ २६ गते १३:०६
सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह

काठमाडौँ : निजामती कर्मचारीहरूले सिंहदरवार भित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।

उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरवार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ ।’

उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ–आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन् ।

निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने भन्दै उनीहरूले ग्रुपमा लेखेका छन्, ‘अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारु गर्ने गराउने पहल गरौँ ।’

आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान थालेका थिए ।

सर्वोच्च अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा उनीहरूले करिब ३ हजार फाइल संकलन गरेका थिए, जसमा कतिपयमा आंशिक र कतिपयमा आधाजसो क्षति पुगेको छ ।

तर, सिंहदरवारमा भने त्यसको कुनै प्रयास नभएपछि कर्मचारीहरूले आफैँले सरसफाइ अभियान सुरु गरेका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise