२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

भागेका कैदीलाई फर्किन प्रशासनको आग्रह

Nada
विनोद निगम
२०८२ भदौ २६ गते १२:१५
Shares
भागेका कैदीलाई फर्किन प्रशासनको आग्रह

परासी : जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले भागेका कैदीहरुलाई फर्किन अपिल गरेको छ ।

ncell

नवलपरासी जिल्ला कारागारमा भदौ २५ गते आगजनी र तोडफोड गर्दै अराजक स्थिति सिर्जना गरेर बाहिर निस्किएका कैदीबन्दीहरूलाई तुरुन्तै कारागार फर्किन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको हो ।

जिल्ला सुरक्षा समिति नवलपरासी पश्चिमको भदौ २६ गते बसेको बैठकको निर्णयअनुसार जारी सूचनामा भनिएको छ, 'कारागारबाट बाहिर निस्केका कैदीबन्दीहरू यथाशीघ्र कारागार फर्किनुहोला, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।'

प्रमुख जिल्ला अधिकारी हिसलाल रेग्मीले सुरक्षा अवस्था नियन्त्रणमा लिन पहल भइरहेको र फरार कैदीबन्दीहरूलाई फर्काउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

सम्बन्धित खबर