२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

साढे १३ हजार कैदीबन्दी फरार

Nada
२०८२ भदौ २६ गते ०६:३०
Shares
साढे १३ हजार कैदीबन्दी फरार

काठमाडौं : अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट  अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् । 

ncell

त्यसैगरी हिरासतमा रहेका ५ सय ६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५ सय ६० थुनुवा फरार भएका हुन् । जेजनीले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोड र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।

मंगलबार सहकारी ठगीको आरोपमा ललितपुरस्थित नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुरुमा कारागारबाट निस्किएका थिए । उनलाई जेनजी समूहको भिडले कारागार घेराउ गरी निकलेसँगै देशभरका कारागारबाट कैदीबन्दीहरू जेलभित्रै आन्दोलन गर्ने र बाहिर निस्केर भाग्ने क्रम जारी छ ।

सम्बन्धित खबर