२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

सल्यानमा कर्फ्यू आदेश जारी

shivam cement
प्रदीप मगर
२०८२ भदौ २५ गते १९:५९
सल्यानमा कर्फ्यू आदेश जारी

सल्यान : पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्र सुबेदीद्वारा जारी आदेशअनुसार मंगलबार राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म सल्यानमा कर्फ्यू लागू हुनेछ ।

आदेशअनुसार सभा, बैठक, भेला, घेराउ, प्रदर्शन तथा हुलदंगा गर्न पूर्ण रूपमा निषेध गरिएको छ । प्रशासनले अनावश्यक रूपमा घरबाहिर ननिस्कन, अत्यावश्यक सेवाका लागि मात्रै सूचना र समन्वय गरेर आवतजावत गर्न आग्रह गरेको छ ।

त्यसैगरी, सार्वजनिक सम्पत्ति जोगाउन सहयोग गर्न, हिंसात्मक वा आपराधिक गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise