२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

जेन्जी समूहद्वारा त्रियुगाकाे कार्यालय र पूर्व मेयर चौधरीको घरमा आगजनी

shivam cement
बिन्द्र राई
२०८२ भदौ २४ गते १७:४४
जेन्जी समूहद्वारा त्रियुगाकाे कार्यालय र पूर्व मेयर चौधरीको घरमा आगजनी

उदयपुरः जेन्जी समूहले उदयपुरको त्रियुगा नगरपालिकाकाे कार्यालय र त्यहाँका पूर्व मेयर बलदेब चौधरीको घरमा आगजनी तथा तोडफोड गरेका छन् ।

मंगलबार भएको आगजनीबाट नगरको  महत्त्वपूर्ण कागजात र फर्निचर जलेका छन् भने चौधरीको घरमा आगलागीबाट लत्ताकपडा र फर्निचर जलेर नस्ट भएका छन् ।

यता नेकपा एमाले, माओवादी र कांग्रेस लगायतका पार्टी कार्यालयमा पनि तोडफोड हुनुका साथै महत्त्वपूर्ण कागजजात जलाइएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी प्रमुख एसपी राजन चापागाईंले जेन्जीको नाममा भएको आन्दोलनमा भएको क्षति विवरण आउन बाँकी रहेको जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise