काठमाडौँ : नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेन जेडहरूले केही बेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेन जेडहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।
अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।