२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

आन्दोलन उग्र बनेपछि गौरदेखि चन्द्रपुरसम्म कर्फ्यु 

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ २४ गते १२:२०
आन्दोलन उग्र बनेपछि गौरदेखि चन्द्रपुरसम्म कर्फ्यु 

रौतहट : प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले रौतहट सदरमुकाम गौर र चन्द्रनिगाहपुरमा कर्फ्यु लगाएको छ l आन्दोलन उग्र बन्दै सार्वजनिक सम्पतिमाथि तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो l 

चन्द्रपुर नगरपालिकामा ११:३० देखि अर्को आदेश जारी नभए सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ l सदरमुकाम गौरको अवस्था चन्द्रपुरको तुलनामा शान्त देखिए पनि अवस्था चर्किदै जाने देखिएपछी प्रशासनले गौरमा समेत कर्फ्यु लगाइएको छ  l 

सहायक प्रमुख जिल्ला अधिकारि किरण निधि तिवारीका अनुसार गौरको अवस्था बिग्रिदै गएपछि १२ बजे देखि अर्को सुचना नभए सम्मको लागि कर्फ्यु आदेश जारि गरिएको हो  l अहिले  गौरको बिपी चौकमा प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गरिरहेका छन् l 

यस अघि चन्द्रनिगाहपुरमा रहेका सबै सरकारी कार्यालयहरुमा आगो लगाइएको थियो l प्रदर्शनकारीहरूले चन्द्रपुर् नगरपालिका, इलाका प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, डिभिजन बन कार्यालय लगायतका कार्यालयहरूमा आगो लगाइदिएको थियो l 

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी गाडीलाई समेत आगो लगाइएको थियो  l चन्द्रपुर्मा झडप हुँदा दर्जनौं राउण्ड अश्रु ग्यास र रबरको गोली प्रहार गरिएको थियो l 

ADV

सम्बन्धित खबर

Advertise