काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
भिडले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौँको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
जेन जेडको आन्दोलन दोस्रो दिन थप उग्र बन्दै गएको छ । पहिलो दिन भएको गोलाबारीपछि आन्दोलन झन् आक्रामक बनेको हो ।