काठमाडौँ : काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
मंगलबार बिहान ५ बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जारी भएको हो ।
सोमबार नै बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। मध्यराति फेरि कर्फ्यु आदेश लम्ब्याएर मंगलबार बिहान ५ बजेसम्मका लागि तोकिएको थिय।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ ।
कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायण गोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग कर्फ्यू जारी भएको हो ।
जेन जेड पुस्ताले काठमाडौँमा सोमबार गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ भने सयौँ घाइते छन् । प्रदर्शनका क्रममा काठमाडौँ उपत्यका बाहिर पनि दुई जनाको ज्यान गएको छ ।