२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

shivam cement
मध्यान्ह
२०८२ भदौ २३ गते १५:३९
आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौंः प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिए । 

समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ । सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । जेनजी आन्दोलनका कारण सोमबार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । 

ADV

सम्बन्धित खबर

Advertise