२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

छिपहरमाई गाउँपालिकाको बजेट साढे ४१ करोड

shivam cement
लालबाबु बानिया
२०८२ असार २१ गते २२:११
छिपहरमाई गाउँपालिकाको बजेट साढे ४१ करोड

पर्सा : पर्साको छिपहरमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । २१औं गाउँसभामार्फत उक्त बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले गाउँसभाको उद्घाटन गरेका थिए । 

कार्यक्रममा पाँचै वडाबाट प्राप्त योजनाहरू पारित गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 

अध्यक्ष गुप्ताका अनुसार बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । विशेष गरी आर्थिक रूपमा कमजोर, दलित तथा असहाय वर्गलाई लक्षित गर्दै निःशुल्क आँखा उपचार तथा अप्रेसनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, प्लस टु तहसम्मका छात्रछात्रालाई विद्यालय पोशाक उपलब्ध गराउने र विद्यालयहरू १२ कक्षासम्म निःशुल्क सञ्चालनमा राख्ने योजना बजेटमा समेटिएको छ। गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण गरी एमबिबिएस डाक्टर राख्ने योजना पनि अघि सारिएको छ ।

बर्थिङ सेन्टर स्थापना सबै वडामा

अध्यक्ष गुप्ताले आफ्नो कार्यकालपछि पाँचै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको जानकारी दिए । पहिले बर्थिङ सेन्टरको अभावका कारण महिलाहरू भारत वा वीरगञ्जसम्म जानुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । 

शिक्षा, कृषि, पूर्वाधार र पर्यटनमा जोड

गाउँपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, विपद् व्यवस्थापन, युवा रोजगारी, भौतिक पूर्वाधार विकास, तथा उज्यालो छिपहरमाई योजना समेटिएको छ। साथै, पालिकाबाट एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई एकदेखि दुई लाख रुपैयाँसम्म अनुदान दिने निर्णय पनि गरिएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवान, वडाध्यक्षहरू कामेश्वर यादव, महेन्द्र साह, दिपेन्द्र कुमार सिंह, रामेश्वर प्रसाद महतो, मौजीलाल साहलगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । 

त्यस्तै, स्वास्थ्य संयोजक शम्भुप्रसाद साह, रोजगार शाखा प्रमुख मुकेश चौरसिया, इन्जिनियर प्रकाश कुमार गुप्ता, आइटी अफिसर सञ्जिव यादव, कृषि शाखाका भुलन प्रसाद लगायतको समेत उपस्थिति रहेको थियो ।  कार्यक्रम सञ्चालन प्रशासन प्रमुख सत्रुधन यादवले गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise