२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय 

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते ०७:२२
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय 

काठमाडौँ : श्रीमतीको नक्कली जागिर प्रकरणका कारण पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकेको छ । उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन ।

फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ ।

अदालतले उनलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना र पाँच वर्ष निर्वाचनमा उम्मेदवारी हुन रोक लगाएको छ । यो सजाय सन् २०२२ मा सुनाइएको सजायभन्दा हल्का हो । 

सन् २०२२ मा उनलाई जेलमा बस्नुपर्ने गरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजायको सुनुवाइको लागि आदेश दिएको थियो ।

 फिलन राष्ट्रपतीय चुनावमा पराजित भई सन् २०१७ मा प्रधानमन्त्री बनेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise