काठमाडौं : चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड –२०८१’बाट सम्मानित भएकी छन् । सोमबार बेलुका काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित सो समारोहमा १० हजार १० रुपैयाँसहित प्रथम अभिनेत्री चन्दलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गरे । सोही समारोहमा ५ हजार ५५५ रुपैयाँसहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भए ।
समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता बिनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्ली माया गुरुङ, नृत्य निर्देशक शँकर बिसी, शिव बिक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ पनि सम्मानित भए । यस्तै रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी शनी लिम्बु, चलचित्र निर्माता धु्रव न्यौपाने, कलाकार मनु थुक्लुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापा पनि सम्मानित भए ।
समारोहमा आधुनिक विधामा सर्वोत्कृष्ट गायकको अवार्ड तिम्रो माया बम गोलाबाट हेमन्त शिशिरले, डायरस्पोरा गायकको अवार्ड मायाको सिमानाबाट धन किरण गुरुङले, गीतकारको अवार्ड ब्याथाबाट विदुरराज गिरीले, संगीतकार ओ मायाबाट पल घलेले प्राप्त गरे ।
सर्वोत्कृष्ट लोकगीत गायिकाको अवार्ड नगर दोमनबाट सरिता भारतीले र लोक–पप गायकको अवार्ड के होला भोलीबाट रुद्र शर्माले हासिल गरे । यस्तै चलचित्र तर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड लिम्बु चलचित्र सेमेवाबाट दिलीप फुरुम्बोले, अभिनेताको अवार्ड सेमेवा चलचित्रबाट रुद्र पाहिमले, अभिनेत्रीको अवार्ड गुरुङ चलचित्र ह्रोसै ङ्होबाट आकृति गुरुङले, चरित्र अभिनेत्री अवार्ड सुगुपबाट पवित्र तेम्बेले, टेली चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सक्किगोनीबाट रश्मी पाण्डेले हासिल गरे ।
यसै गरी लोक दोहोरीतर्फ गीतकारको अवार्ड दमौलीमा झरबाट ओम छिनालले, दोहोरी गीत गायकको अवार्ड दमौलीमा झरबाटै मौसम गुरुङले गायिकाको अवार्ड पुरानो दौतारीबाट पूजा पेरियारले, गायिकाको जुरी अवार्ड देउरलिमा फूलपातीबाट कालिका रोकाले, नव गायिकाको अवार्ड गण्डकीको तीरबाट बिमा सारू मगरले प्राप्त गरे । लोक दोहोरी तर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड समयबाट कमला बिसीले, पुरुष मोडेलको अवार्ड गोर्खे खुकुरीबाट लोमश शर्माले, कौडा तथा मौलिक गीत गायकको अवार्ड सानकान्छीबाट शुक्र तामाङले हासिल गरे । समारोहमा संगीत संयोजकको अवार्ड पुरानो दौतारीबाट सुनिल परियारले, संगीत संयोजकको अवार्ड मायाको सिमानाबाट सुरत प्रधानले पाए ।
आदिवासी गीत विधामा म्युजिक भिडियो आदिवासी महिला मोडेलको अवार्ड मिम्जिरे मिक्टोकबाट मिरा फियाकले, लिम्बु गीतकारको अवार्ड मेन्छायम पालमबाट सञ्च माया लिम्बुले, लिम्बु गीत गायकको अवार्ड मिम्जिरे तराङ २ बाट अमर योङहाङ लिम्बुले, गायकको जुरी अवार्ड मिम्जिरे मिक्टोकबाट विवश नेम्वाङले हासिल गरे । समारोहमा लिम्बु गीत गायिकाको अवार्ड चौबेस्मा मेछिनबाट दुर्गा कुमारी लिम्बुले, आदिवासी गीत गायिकको जुरी अवार्ड तुखेसो पन्हाबाट कर्मिला शेर्माले, लिम्बु गीत गायिकाको पब्लिक च्वाइस अवार्ड तमके हाकपारेबाट पदम कुमारी फियाकले प्राप्त गरे ।
लिम्बु् गीत पुरुष मोडलको अवार्ड नारागेन चैतबाट सुरेन सिसिर केरुङले, लिम्बु गीत पुरुष मोडेलको जुरी अवार्ड मेन्छायम पालम महेन्द्र कुमार लिम्बुले हासिल गरे । यसै गरी म्युजिक भिडियो चरित्र अभिनेताको अवार्ड ओ मायाबाट टसी गुरुङले, चरित्र अभिनेत्रीको अवार्ड हङकङ चाईन –३ बाट विमला इवारमले र नेपाल भाषा गीत गायिकाको अवार्ड कटनमारिया रुप छांगुबाट गंगादेवी महर्जन हासिल गरे ।
यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ, बीजेन्द्र नौबागे रहेका छन् ।
विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिसहितको यो अवार्डको आयोजक एवम् चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवद्र्धनको लागि क्वालिटी फिल्मस्ले चार वर्षदेखि यो अवार्ड गर्दै आएको बताए ।