उदयपुर : उदयपुरको बेलका नगरपालिकामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–९ स्थित रंगलक्ष्मी पेट्रोलपम्प नजिकै मदन भण्डारी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्बरको मोटरसाइकल सडकमा रहेको कलभर्टको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–६ निवासी अन्दाजी ४५ वर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयबासीले ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा खबर गरेपछि एसओसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।