२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

दुर्गा मन्दिरको शिलान्यास

कृष्ण तिवारी
२०८२ जेठ ३० गते २१:०२
दुर्गा मन्दिरको शिलान्यास

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका –४ टेङ्ग्राहामा दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले  विधिवत् पूजा पाठ गरी शिलान्यास गरेकी हुन् । 

टेङ्ग्राहामा  दुर्गा मन्दिर नहुँदा स्थानीयबासीले आवश्यकताको महसुस गरेपछि नगरपालिका कार्यालयको आर्थिक सहयोगमा मन्दिर निर्माण थालिएको उपभोक्ता समितिको अध्यक्ष अजयकुमार यादव (मानजन)ले जानकारी दिए ।

वडाध्यक्ष  सतिश कुमार यादव (गौरव)अनुसार दुर्गा मन्दिर निर्माणका लागि नगरस्तरिय  बजेटबाट ३ लाख रुपैयाँ छुट्याइएको छ भने थप लाग्ने खर्च पनि पालिकाबाटै व्यवस्थापन गरिनेछ ।

शिलान्यास कार्यक्रममा पूर्व वडाध्यक्ष ब्रम्हानरायण यादव, लालबाबु यादव, लगायतको उपस्थिति रहेको थियो । दुर्गा मन्दिर निर्माणले धार्मिक आस्थाको प्रवद्र्धनसँगै स्थानीय समुदाय  समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर