उदयपुर : उदयपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नं ५ बस्ने १७ वर्षीय दुर्गा कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
उनको आफ्नै घर छेउमा रहेको कुखुरा फर्ममा काम गर्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर छटपटाइरहेको अवस्थामा आफन्तले देखेका थिए ।
तत्काल उपचारका लागि बेलका नगर अस्पतालमा लगिएकोमा डाक्टरहरुले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतकको शवलाई पोष्टमाटमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।