२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

फोहोरमैला व्यवस्थापन गर्न निःशुल्क कार्ड वितरण

सत्यराज सिंह
२०८२ जेठ २९ गते २१:११
फोहोरमैला व्यवस्थापन गर्न निःशुल्क कार्ड वितरण

बझाङ : फोहोरमैला व्यवस्थापनका लागि जयपृथ्वी नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाएको छ । नगरपालिकाभित्र पर्ने मुख्य बजार क्षेत्र सदरमुकाम चैनपुरबजार, सिमखेत बजार र भोपुर बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाइएको छ । 

फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका भित्रका मुख्य बजार क्षेत्रहरुका व्यवसायी, उद्यमी, आवासीय क्षेत्रका घरघुरीको लगत संकलन गरी कार्ड वितरणको कार्य भइरहेको नगरपालिकाको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख तेज बहादुर सिंहले बताए ।

उनका अनुसार कार्ड वितरणका लागि केही दिनदेखि आफुहरु खटिएको र नगरपालिकाको आन्तरिक आय बढाउन र फोहोरमैलालाई थप व्यवस्थित बनाउन यस कार्यलाई अगाडि बढाइएको छ । नगरपालिकाले फोहोरमैला संकलन गरेबापत उठाउने राजस्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापनको कार्यले नगरपालिकाभित्रका बजारको सौन्दर्य बढ्नुका साथै फोहोर मैलाकै दुर्गन्धका कारण हुने रोगव्याधीको समस्या पनि हट्ने नगर प्रमुख चेतराज बजालले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर