उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले अत्यधिक गर्मी बढेसँगै त्रियुगा नगरभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
गर्मी बढेसँगै विद्यालयमा पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर गर्दै नगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मी बढेपछि जेठ २९ र जेठ ३० गते विद्यालय बन्द गर्ने निर्णय भएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिए ।
सो बिदालाई बर्खे बिदामा मिलान गरिने नगर सामाजिक विकास समितिका संयोजक तिलक कटुवालले जानकारी दिए । त्रियुगा नगरभित्र ७२ सामुदायिक र ४५ संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।