काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिकृष्ण ठाकुर, रिना गुरौ र कविराज सिपखान छन् । उनीहरूमध्ये ठाकुरले कतार पठाउने भन्दै १ लाख, गुरौले कुवेत र पोर्चुगल पठाउने भन्दै १८ लाख ५५ हजार र सिखपानले युके पठाउने भन्दै ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले बताएको छ ।