२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

रोयल च्यालेन्जर्स बेंगलुरु बन्यो आईपीएल च्याम्पियन

मध्यान्ह
२०८२ जेठ २१ गते १०:१३
रोयल च्यालेन्जर्स बेंगलुरु बन्यो आईपीएल च्याम्पियन

काठमाडाैं‌ : रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि इन्डियन प्रिमियर लिगकाे उपाधि जितेकाे छ । पन्जाब किंग्सलाई ६ रनले स्तब्ध पार्दै इतिहासमै पहिलाेपटक उपाधि जितेकाे हाे । 

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमै समेटियो । पञ्जाबका शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्कासहुत सर्वाधिक ६१ रन बनाए ‌। इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे ।

कप्तान श्रेयस अय्यर सामना गरेको दोस्रो बलमा नै १ रनमा आउट भए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ तथा निहाल बढेरा १५ रन जोडे पनि जित दिलाउन सकेनन् । आरसिबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । आरसिबीका विराट कोहलीले सर्वाधिक ४३ रन जोडे । उनले ३५ बलमा ३ चौका प्रहार गरे । 

कप्तान रजत पाटीदार १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन थपे । पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ लिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर