२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

बनेपामा अरनिको र हिमाल-तराई यातायातबीच विवाद, ट्राफिक प्रहरीकै अगाडि कुटाकुट

shivam cement
मध्यान्ह
२०८१ जेठ २३ गते १२:०४
बनेपामा अरनिको र हिमाल-तराई यातायातबीच विवाद, ट्राफिक प्रहरीकै अगाडि कुटाकुट

काभ्रे : काभ्रेको बनेपामा बुधबार हिमाल-तराई यातायात सेवा प्रा.लि. र अरनिको यातायात सेवा प्रा.लि.का कर्मचारीबीच कुटाकुट भएको छ ।

बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका कर्मचारीहरुले बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो ।

सडक खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरूबीच कुटाकुट भएको हो ।

अहिले भने अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise