२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

महानिर्देशकको प्रतिबद्धतालाई आईटीकै कर्मचारीले खुवाए लोप्पा

२०८२ जेठ १३ गते ०६:२०
महानिर्देशकको प्रतिबद्धतालाई आईटीकै कर्मचारीले खुवाए लोप्पा

काठमाडौं : वैदेशिक रोजगार विभागले विभागबाट सम्पादन गरिने सेवाप्रवाह जनताको मन छुने, दिल जित्ने गरी चुस्त, दुरुस्त र प्रभावकारी बनाउने बताएको छ । भूमण्डलीकरणको प्रभाव, सार्वजनिक सेवा प्रवाहका नवीनतम विधि, प्रवृत्ति, सोच र संकल्पलाई मूर्त रूप दिन सूचना प्रविधिमा आधारित सेवालाई थप प्रभावकारी र संस्थागत गर्दै लैजाने विभागमा हालै आएका महानिर्देशक कमलप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।

तर जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व भएका कर्मचारीले समयमा आफ्नो काम नगर्ने प्रवृत्तिमा सुधार देखिएको छैन । विभागले प्रदान गर्ने श्रम स्वीकृतिका विवरण जस्ता विषयमा नेपाल राष्ट्र बैंक, महालेखापरीक्षकको कार्यालय, श्रम आप्रवासनमा चासो राख्ने अनुसन्धानकर्ता र सञ्चारकर्मीलगायतका लागि आवश्यक पर्ने मासिक कार्य प्रगतिको सम्पूर्ण विवरण महिना समाप्त भएको आधाआधी समय गुज्रिसक्दा पनि विभागको वेबसाइटमा सार्वजनिक हुन सकेको देखिँदैन ।

विगतमा सकेसम्म अर्को महिनाको २ गते नै नभए ढिलोमा हप्ताको अन्तिम दिनसम्म सार्वजनिक भइसक्ने त्यस्ता विवरण नयाँ महानिर्देशकले सुधारको सार्वजनिक प्रतिबद्धता गरेकै महिनामा ढिलाइ हुनुले कतिपयले अनेकौं खालका टिप्पणी गर्ने गरेका छन् । धेरै अगाडिदेखि विभागको सूचना प्रणालीमा सेवाग्राहीका गुनासा रहेका छन् ।

ADV

सम्बन्धित खबर