२०८२ जेठ १३ गते मङ्गलवार / May 27 , 2025 , Tuesday
२०८२ जेठ १३ गते मङ्गलवार
Ads

कार्यविधिअनुसार तालिम नदिने संस्थाहरूलाई कारबाहीको चेतावनी

२०८२ जेठ १२ गते ०६:१५
कार्यविधिअनुसार तालिम नदिने संस्थाहरूलाई कारबाहीको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ अनुसारको तालिम नदिएको भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाहीको चेतावनी दिएको छ । 

विभागले एक सूचना जारी गर्दै कार्यविधि अनुसारको तालिम प्रदान नगर्ने संस्थाहरूलाई टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ । हाल विभागमा १४३ अभिमुखीकरण संस्था सूचीकरण रहेका छन्, त्यसमध्ये १०८ संस्थाले कार्यविधिले तोकेअनुसारको भौतिक संरचना र मापदण्डअनुसारको तालिम कक्ष निर्माण गरेका छन् ।

विभागले कार्यविधिअनुसारको तालिम प्रदान नगर्दा वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको जोखिम बढाउने भन्दै कार्यविधिको दफा २० अनुसार अनुसूची ११ बमोजिमको चेकलिष्ट अनुसारका सबै कक्षामा अनिवार्यरूपमा सबै प्रशिक्षार्थी राखेर तालिम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । कार्यविधि पालना नगर्ने संस्थालाई कारबाही गरिने पनि विभागको चेतावनी छ ।

ADV

सम्बन्धित खबर