२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

कतारमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' सार्वजनिक (भिडियोसहित)

तिलु शर्मा पौडेल
२०८२ जेठ ११ गते १६:३१
कतारमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' सार्वजनिक (भिडियोसहित)

दोहा कतार : आफूलाई मन पराउने मान्छे नै असल प्रेमी हुन सक्छ र त्यसले जीवन्त माया गर्न सक्छ भन्ने कथालाई प्रमाणित गर्ने कथामा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कतारका विभिन्न रमणीय स्थलमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' बोलको गीत शुक्रबार भर्चुअल बजारमा सार्वजनिक गरिएको छ ।

सन्तोष रुचालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक  भएको गीतको म्युजिक भिडियोमार्फत चितवन घर भइ कतारलाई कर्मथलो बनाउँदै आएकी सदिक्षा थपलियाले नेपाली रंगमञ्चमा डेब्यु गरेकी छन् । रुचालकै आवाज र संगीत रहेको गीतका शब्द उमेश कुंवरले लेखेका हुन् ।

म्युजिक भिडियोमा थपलियासँगै सन्देशको अभिनय देख्न सकिन्छ भने विशेष भूमिकामा निर्देशक राजेन्द्र थापा र सनमलाइ देख्न सकिन्छ । थापाले खिचेको भिडियोलाई भबिन तामाङले सम्पादन गरेका हुन् । 


ADV

सम्बन्धित खबर