२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

विभागमा करिब ४४ सय उजुरी

२०८२ जेठ १० गते ०६:३०
विभागमा करिब ४४ सय उजुरी

काठमाडौं : वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीको उजुरीको ओइरो लाग्ने गरेको छ । विभागका अनुसार गत साउनदेखि वैशाख महिनासम्म विभागमा व्यक्तिगत ठगीका ४ हजार ३९१ उजुरी परेका छन् । त्यसमा करोडौंको बिगो छ ।

विभागका कर्मचारीहरू ठगीका ५० हजारदेखि ११ करोडसम्मका उजुरी परेको बताउँछन् । वैशाख महिनामा मात्रै ५५७ वटा उजुरी परेको विभागले जनाएको छ । यस हिसाबले विभागमा दैनिक २२ देखि २४ वटा उजुरी दर्ता हुने गरेको देखिन्छ । तर अनुसन्धान र अभियोजनका लागि जनशक्ति थोरै रहेकोे छ । अनुसन्धान र अभियोजनका लागि १ जना निर्देशक र ४ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् ।

प्रत्येक दिन डेढ दर्जन व्यक्तिलाई म्याद थप, बयान र मुद्दा दर्ता गर्नुपरेका कारण विभाग अत्यन्तै चापमा रहेको अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक भिमसेन काफ्ले बताउँछन् ।

ADV

सम्बन्धित खबर