२०८२ वैशाख २८ गते आइतवार / May 11 , 2025 , Sunday
२०८२ वैशाख २८ गते आइतवार
Ads

मलेसियामा कामदारहरूलाई रोजगारदाता परिवर्तन गर्न अनुमति 

मध्यान्ह
२०८२ वैशाख २८ गते ०७:१३
मलेसियामा कामदारहरूलाई रोजगारदाता परिवर्तन गर्न अनुमति 

मलेसिया : मलेसिया सरकारले आफ्नो मुलुकमा कार्यरत विदेशी कामदारहरूलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ । अब मलेसियामा विदेशी कामदारले ५ वटा सेक्टरमा परिवर्तन गर्न पाउनेछन् । चाँडै जारी हुने नयाँ निर्देशिकाअन्तर्गत विदेशी कामदारलाई उत्पादन, निर्माण, कृषि, वृक्षरोपण र सेवागरी ५ वटा औपचारिक क्षेत्रहरू भित्र मात्र काम परिवर्तन गर्न अनुमति दिइनेछ । 

मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुतीओन इस्माइलले मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङसँग बिहीबारको बैठकपछि उक्त निर्णय गरिएको सार्वजनिक गरेका हुन् । 

यसअघि विदेशी कामदारहरूले कम्पनी पुनःसंरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानी समितिको स्वीकृति पछि एउटै क्षेत्रमा मात्र रोजगारदाता परिवर्तन गर्न अनुमति पाउने गरेका थिए । 

यो परिवर्तनले सरकार, रोजगारदाता र कामदार सबैलाई लाभ हुने गृहमन्त्री  सैफुद्दिनले बताए । एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो निर्णय विकसित राष्ट्रहरूले पनि अपनाइसकेको प्रणाली र अन्तर्राष्ट्रिय श्रम संगठनले सिफारिस गरेको अभ्याससँग मेल खाने उल्लेख गरेका छन् ।

मन्त्री सिमले यो कदमले देशमा नयाँ विदेशी कामदारहरूलाई भर्ना गर्नुपर्ने बाध्यतालाई कम गर्ने जनाए । फरक क्षेत्रमा विदेशी कामदार स्थानान्तरण गर्दा विदेशी कामदारहरूको अवैध भर्नाबाट पनि बच्ने र भर्ना कोटाभन्दा बाहिर नजाने कुरा पनि सुनिश्चित गर्ने उनको भनाइ छ । 

सिमले पछिल्लो निर्णय अनौपचारिक क्षेत्र अन्तर्गत पर्ने घरेलु कामदारहरूको हकमा लागू नहुने पनि स्पष्ट पारे ।

ADV

ताजा खबर

सम्बन्धित खबर