२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठग्ने १ युवती पक्राउ

मध्यान्ह
२०८२ वैशाख २५ गते २१:११
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठग्ने १ युवती पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीका लागि डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा १ युवतीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारीलाई पक्राउ गरेको हो ।

उनले आफूले अध्ययनका लागि क्यानडाको भिसा पाएको र डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै १ युवकबाट २० लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । उनलाई ठगी तथा आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ADV

सम्बन्धित खबर